काठमाडौं । पूर्व सचिव श्रीधर सापकोटा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा नियुक्त भएका छन्।
कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले सापकोटालाई कोषको कोषाध्यक्षमा नियुक्त गरेका हुन्।
सापकोटा पूर्वरक्षा सचिव हुन्। कोषाध्यक्ष नारायणप्रसाद सुवेदी ४ वर्ष कार्यकाल सकेर बिहीबार बिदा भएका छन्। बिहीबार नै कोषले नयाँ कोषाध्यक्ष पाएको हो।
काठमाडौं नयाँ बानेश्वरका रैथाने सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत सचिव भइसकेका व्यक्ति हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सापकोटा २०७१ साल माघ २२ गते एकैदिन विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका थिए।
सापकोटा २०७४ कार्तिक १४ गते उनी उमेर हदका कारण रक्षा सचिवबाट अनिवार्य अवकाशमा गएका थिए।
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा ६७ वर्षीय वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भुसाल नियुक्त भइसकेका छन्।

Comment