कामना सेवा विकासले विपन्न परिवारलाई फाईबर सिरक वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत लहान नगरपालिका–५ बस्ने गरिब, दलित तथा अत्ति बिपन्न वर्गहरुलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ ।
बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका–५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गरेका हुन् ।

बैंकका मधेश प्रदेश प्रमुख चवाईंले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम स्थानीयलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका–५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।