बालेनप्रति हर्कको कटाक्ष :जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कटाक्ष गरेका छन्।

साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिको विरोध गरेका छन्।

आइतबार बिहान आधा घण्टाको बीचमा फेसबुकमा दुईवटा स्टाटस लेख्दै उनले रवि र बालेनबीच आजा बिहान भएको सहमतिको बिरोध गरेका हुन्।

‘हाहा…जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ,’ बालेनप्रति लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।