नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। आज नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको शेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले एनएमबि बैंकको ५ प्रतिशत र साना किसानको १४।२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनएमबिको शेयरमूल्य २४२ रुपैयाँ ७६ पैसा कायम भएको छ भने साना किसानको ७७१ रुपैयाँ ९९ पैसा कायम भएको छ। यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा एनएमबिको शेयर प्रतिकित्ता २५४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो भने साना किसानको ८८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।