काठमाडाैं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले मतदान केन्द्र तोकिएको जनाएको छ।
आयोगको विज्ञप्तिअनुसार कोसी प्रदेशका लागि मोरङको प्रदेश निर्वाचन कार्यालय, विराटनगर परिसरमा मतदान केन्द्र तोकिएको छ। त्यसै मधेस प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमतीमा मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय गण्डकी कास्की, लुम्बिनीमा दाङको कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीमा सुर्खेतको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिममा कैलालीको प्रदेश निर्वाचन कार्यालय धनगढीलाई मतदान केन्द्र तोकिएको छ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। आयोगले तोकिएका स्थानमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र राख्ने गरेको छ।


Comment