एमाले महाधिवेशन : मतदान सकियो,कति खस्यो मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ भने ३६ मत खसेन। ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेकोएमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ।

मतदान बुधबार बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको थियो।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।