काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि नेप्सेमा वृद्धि कायम रहेको छ । बिहीबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ अंकमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ८६ हजार १७० पटकको कारोबारमा १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयरहरु ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँमा किनबेच भएका छन् ।
बुधबार नेप्से ९.६१ अंकले बढेर २६६५.६० अंकमा पुग्दा कारोबार रकम बढेर ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँ पुगेको थियो ।
बिहीबार वाणिज्य बैंक समूह सबैभन्दा बढी १.४७ प्रतिशतले बढेको छ अन्य उपसमूहमा सामान्य सुधार आउँदा व्यापार, अन्य, ललघुवित्त, उत्पादन तथा प्रशोधन र वित्त समूहमा सामान्य गिरावट आएको छ ।
सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर अग्रिटेक इन्डस्ट्री र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूलय १० प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा पनि हिमस्टार ऊर्जा कम्पनी र फस्ट माइक्रो फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ७.७८ प्रतिशतले घटेको बजारमा माहुली लघुवित्तको सेयर मूल्य ४.१६ प्रतिशतले र जोशी हाइड्रोपावरकाृे सेयर मूल्य ३.६१ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ४० करोड १७ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार सहित एनआरएन इन्फ्रास्टक्चर शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा नेपाल इन्फ्राइस्टक्चर ४ लाख ५६ हजार २९८ इकाईको कारोबार सहित अग्र स्थानमा रहँदा कारोबार संख्याको आधारमा बन्दीपुर केबलकार १४ हजार ९७६ इकाईको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
बिहीबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब ९३ अर्ब १२ करोड २४ लाख ८० हजार रुपैयाँ कायम भएको छ । बुधबार बजार पूँजीकरण ४४ खर्ब ७५ अर्ब ६० करोड १० लाख रुपैयाँ कायम भएको थियो ।

Comment