काठमाडौं । ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन्।
एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको साइकल पूरा गर्नुपर्ने एएफसी क्लब लाइसेन्स लागू गर्नुपर्ने लगायत माग राखेर ए डिभिजनका क्लबका प्रतिनिधिहरुले एन्फा गेट अगाडि धर्ना दिएका हुन्।
एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ। तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन्।
उनीहरुको प्रदर्शनलाई लक्षित गरी गेट अगाडि पुलिसहरु तैनाथ गरिएको छ।
क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गरिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

Comment