यी हुन् काठमाडौं महानगरमा धेरै संक्रमित देखिएका ६ स्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरका ६ वटा वडामा कोरोना संक्रमण धेरै पाइएको छ। काठमाडौं महानगरपालिकाको १३ असोजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै वडा-१५ मा छ। यो वडामा १२ असोजमा मात्र ३१ नयाँ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८१२ पुगेको छ। वडा-१५ मा स्वम्यभुलगायत क्षेत्र पर्छन्।

महानगरका अनुसार १२ असोजमा बल्खु क्षेत्र पर्ने वडा-१४ मा २७ नयाँ कोरोना संक्रमित भेटिएपछि त्यहाँ कुल कोरोना संक्रमितको संख्या ४७१ पुगेको छ।

यस्तै, धुम्बाराहि क्षेत्र पर्ने वडा-४ मा सोमबार मात्र २५ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २७० पुगेको छ।

गौशाला क्षेत्र पर्ने वडा–९ मा २१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २८० र बागबजार क्षेत्र पर्ने वडा–२८ मा १६ संक्रमित थपिएपछि कोरोनाका कुल संक्रमितको संख्या ३९५ पुगेको छ।

काठमाडौं महानगरको वडा–२९ मा सोमबार १२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २५३ पुगेको छ।

महानगरले राखेको कुल संक्रमितको यो संख्यामा कोरोनाबाट निको भएका र मृत्यु भएकाहरूको संख्या समेत जोडिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।