काठमाडौं। नेपाली यू–१७ पुरुष टोलीका कप्तान प्रशान्त मोक्तानले साफ यू–१७ पुरुष च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।
आइतबार पत्रकारसँग कुरा गर्दै कप्तान मोक्तानले भने, “साफको लागि हाम्रो तयारी एकदमै राम्रो भएको छ, हामीले प्रशिक्षणका लागि पर्याप्त समय पाएका थियौँ। टोली खेल्न पूर्णरूपमा तयार छ, उपाधि लिएर जान्छौँ।”
साफ यू–१७ पुरुष च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ। नेपालले उद्घाटन खेल आयोजक श्रीलंकाशँग खेल्नेछ। नेपाल समूहमा बंगलादेश पनि सामेल छ।
समूह बी मा भारत, पाकिस्तान, माल्दिभ्स र भुटान रहेका छन्। कप्तान मोक्तानले भने, “हाम्रो समूहका दुबै टोली बलियो छन्, तर हाम्रो टोली पनि बलियो नै छ। उनीहरूविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्नेछौँ।”
यो प्रतियोगितामा जम्मा सात टोलीले सहभागिता जनाउनेछन्।
Comment