नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, कुनमा को को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगत कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित १९ वटा समिति, काउन्सिल तथा फोरम गठन गरेको छ। आइतबार परिसंघ सचिवालयमा आयोजित विशेष कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवगठित संरचनाहरूका सभापति तथा उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरेका हुन्।

गठित संरचनाहरूमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको प्रमाणपत्र समिति, शिक्षा तथा सीप समिति, स्वास्थ्य परिषद्, रोजगारदाता परिषद्, उर्जा विकास परिषद्, सूचना प्रविधि परिषद्, सीइओज् फोरम, महिला नेतृत्व फोरम र स्टार्टअप तथा युवा उद्यमी मञ्च रहेका छन्।

अध्यक्ष पाण्डेले समितिहरूमार्फत उद्योग क्षेत्रका विविध मुद्दामा सरकार तथा नियामक निकायलाई स्पष्ट र प्रभावकारी नीतिगत सुझाव दिने काम अघि बढाइने बताए। साथै, उद्यमशीलता प्रवर्द्धन र समग्र आर्थिक विकासमा परिसंघको भूमिका थप सशक्त बनाउने दाबी गरे। समितिहरूले आगामी दुई वर्षभित्र महत्वपूर्ण परिणाम दिने विश्वास पनि उनले व्यक्त गरे।

परिसंघले समिति, काउन्सिल तथा फोरमहरूमा विभिन्न व्यवसायिक र क्षेत्रगत विज्ञहरूको नेतृत्व चयन गरेको छ। उद्योग समितिको सभापतिमा राहुल अग्रवाल र उपसभापतिमा गुरु अधिकारी छन्। राजश्व समितिको नेतृत्व गोपाल अग्रवालले गर्नेछन् भने उपसभापतिमा दिपक कुमार अग्रवाल र शेषमणी दहाल छन्। कृषि तथा म्याप समिति सभापतिमा हितेश गोल्छा चयन भएका छन्।

त्यस्तै, मेक इन नेपाल स्वदेशी समितिमा प्राशी अग्रवाल सभापति र विदूषी राणा उपसभापति बनेकी छन्। ग्लोबल बिजनेस तथा डायस्पोरा समितिमा चन्द्र चण्डन सभापति र वर्ण न्यौपाने उपसभापति छन्। पूर्वाधार समितिको नेतृत्व रामकृष्ण खतिवडा र बसन्त चन्दले लिएका छन्। बैंकिङ तथा फाइनान्स समितिमा वरुण कुमार तोदी सभापति बनेका छन्।

पर्यटन समितिमा पम्फा धमला सभापति, अशोक पोखरेल र रोमी अर्याल उपसभापति छन्। प्रदेश तथा जिल्ला समन्वय समितिमा लेखराज पोखरेल सभापति र पवन कुमार शारडा उपसभापति छन्। सदस्यता समितिमा गौरव शारडा, उत्पत्तिको प्रमाणपत्र समितिमा आकाश गोल्छा, शिक्षा तथा सीप समितिमा आषिश जजोडिया सभापति र यश अग्रवाल उपसभापति छन्।

स्वास्थ्य समितिमा मनिष खेम्का सभापति र आशिष अग्रवाल उपसभापति, रोजगारदाता परिषद्मा ध्रुव रिजाल, उर्जा विकास परिषद्मा आशिष गर्ग सभापति र सन्जीव न्यौपाने उपसभापति छन्। सूचना प्रविधि परिषद्मा सन्जय गोल्छा, सीइओज् फोरममा हरकिरत सिंह बेदी, महिला नेतृत्व फोरममा विदूषी राणा सभापति र आश्रयता कार्की उपसभापति छन्। स्टार्टअप तथा युवा उद्यमी मञ्चको नेतृत्व अनुराग गोयलले सभापति र आशिष अग्रवालले उपसभापतिको रूपमा गर्नेछन्।

परिसंघले नयाँ संरचना र नेतृत्वसँगै नेपालको उद्योग क्षेत्रको रूपान्तरण, उद्यमशीलता प्रवर्द्धन तथा नीति निर्माणमा थप सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।