एन्फा कास्की अध्यक्ष उज्जवल रन्जित रास्वपामा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) का अध्यक्ष उज्जवल रन्जित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आइतबार पोखरामा आयोजित एक विशेष कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा रास्वपाका सांसद शिशिर खनालले रन्जितलाई पार्टीमा स्वागत गरेका हुन्।

खेलकुद क्षेत्रमा सक्रिय रन्जितले अब रास्वपाको प्लेटफर्मबाट देश, खेलकुद तथा युवाको समग्र विकासका लागि क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।

उनको प्रवेशलाई खेलकुद र युवा राजनीतिमा नयाँ उर्जा र उत्साहको संकेतका रूपमा हेरिएको छ। रास्वपाले पनि खेल क्षेत्रको नेतृत्व गरिरहेका व्यक्तित्वलाई पार्टीमा भित्र्याएर आफ्नो दायरा फराकिलो बनाउँदै लैजाने रणनीति लिएको संकेत देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।