यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज (बुधबार) पनि देशभर वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार अधिकांश प्रदेशमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोसी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र अन्य चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोसी र मधेस प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि महाशाखाले उल्लेख गरेको छ।

कोसी, मधेस र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च हिमाली र पहाडी क्षेत्रमा राति पनि वर्षा वा हिमपात हुन सक्नेछ भने मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।