काठमाडौं । काठमाडौँबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटनामा पर्दा २९ जना घाइते भएका छन्। लु.प्र.०२००१ ख ००४५ नम्बरको बस बिहान ३ बजेर ५५ मिनेट जाँदा कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्। दुर्घटनामा परेर तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूसहित ६ जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ।
घटनाको जानकारी पाएपछि प्रहरीको २५ जनाको टोली खटिएको थियो, जसले तत्काल उद्धार कार्य सम्पन्न गरेको थियो। बस सडकको दायाँतर्फ पल्टिएपछि बाटो एकतर्फी सञ्चालनमा आएको छ। घटनास्थलबाट बस हटाउनका लागि गोरुसिंगेबाट क्रेन मगाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सल्यानकी ७७ वर्षीया देवी बुढाथोकी, ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङका ३५ वर्षीय श्रीधर अधिकारीलाई बुटवलमा उपचारका लागि पठाइएको हो। उनीहरूसँगै रोल्पाका सन्दीप वली, एक अज्ञात बालक आधार गौतम र अन्य एक जनालाई पनि बुटवल रेफर गरिएको छ।
संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा २६ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशलाई टाउको, हात वा खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ। घाइते यात्रुहरू सल्यान, दाङ, रोल्पा, रुकुम, अर्घाखाँची, सोलुखुम्बु, पर्वत, डडेलधुरा लगायत विभिन्न जिल्लाका रहेको खुलाइएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा रहेको र मोडमा सन्तुलन गुमाउँदा दुर्घटना भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यात्रुहरूका अनुसार बसमा करिब ३५–४० जना सवार थिए। प्रहरी दुर्घटनाको कारण र जिम्मेवार पक्षबारे अनुसन्धान गरिरहेको छ।
यी हुन् दुर्घटनाका घाइते
१. सल्यान बागचौर न.पा.१० बस्ने बर्ष ७७ कि देबी बुढाथोकी टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस, ऐ.०५:१५ बजे बुटवल रिफर।
२. सल्यान सारदा न.पा.१२ बस्ने बर्ष ५६ को मोहनलाल बुढाथोकी टाउकोमा चोट अवस्था सिरियस। ऐ.०५:१५ बजे बुटवल रिफर।
३. दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने बर्ष ३५ को श्रीधर अधिकारी बाँया हातमा चोट अवस्था सिरियस । ऐ.०५:१५ बजे बुटवल रिफर।
संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरू
४.रुकुम पश्चिम आठबिसकोट न.पा.८ ज्यामिरे बस्ने बर्ष २८ को मोतिलाल एरी टाउको र हातमा चोट अवस्था मध्यम ।
५. सोलुखुम्बु सोताङ गा.पा.३ बस्ने बर्ष २१ को कोसिस गौतम टाउको र हातमा चोट अवस्था मध्यम।
६.सल्यान चिद्द कुमाउ गा.पा.२ बस्ने बर्ष १९ को अनिता चलाउने टाउको र हातमा चोट अवस्था मध्यम।
७.दाङ घोराही उ.म.न.पा.१८ बस्ने बर्ष ५२ कि सचिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम।
८.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने बर्ष ६० कि टुक कुमारी श्रेष्ठ टाउको र हातमा चोट अवस्था मध्यम।
९.सल्यान बागचोर न.पा.१० बस्ने बर्ष २५ को चित्र प्रसाद धिताल टाउको र हातमा चोट अवस्था मध्यम।
१.रोल्पा परिवर्तन गा.पा.३ बर्ष बर्ष ३१ को ओम प्रकाश खड्का टाउको र हातमा चोट अवस्था मध्यम।
११.दाङ राप्ती गा.पा.४ बस्ने बर्ष २८ कि रुपा चौधरी टाउको र हातमा चोट अवस्था मध्यम।
१२.रोल्पा गंगादेव गा.पा.३ बस्ने बर्ष ३९ को हेमराज वली टाउको र हातमा चोट अवस्था मध्यम।
१३.पर्वत मादी गा.पा.३ बर्ष ३९ को खड्क ब.पुन टाउको र हातमा चोट अवस्था मध्यम।
१४.सल्यान छत्रेश्वरी गा.पा.१ बस्ने बर्ष ४३ को भिम ब.बि.क. टाउको र हातमा चोट अवस्था मध्यम।
१५.सल्यान बागचौर न.पा.४ बस्ने बर्ष ४० को ईन्द्र ब.बि.क. टाउको र हातमा चोट अवस्था मध्यम।
१६.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने बर्ष २१ ललित शर्मा टाउको र हातमा चोट अवस्था मध्यम।
१७.रोल्पा गंगादेव गा.पा.३ बस्ने बर्ष ३१ सन्दिप वली टाउको र हातमा चोट अवस्था मध्यम,ऐ.०६:१० बुटवल रिफर।
१८.डढेलधुरा आलीताल गा.पा.४ बस्ने बर्ष २२ को बिशाल बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम।
१९.दाङ दंगिशरण गा.पा.२ बस्ने बर्ष २४ कि शर्मिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम।
२०.सल्यान छत्रेश्वरी गा.पा.३ बस्ने बर्ष ४२ कि रस्मी बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम।
२१.दाङ घोराही उ.म.न.पा.११ बस्ने बर्ष ३९ को बेद बहादुर वली टाउको र हातमा चोट अवस्था मध्यम।
२२.दाङ घोराही उ.म.न.पा.१ बस्ने बर्ष ३० महेन्द्र दराई हात खुट्टामा चोट अवस्था सामान्य।
२३.दाङ तुलसीपुर उ.म.न.पा.१२ बस्ने बर्ष ४० को धनराज गौतम खुट्टामा चोट अवस्था सामान्य।
२४.ऐ.ऐ.बस्ने बर्ष १५ को आधार गौतम दाया हात फ्याक्चर अवस्था मध्यम । ऐ.०६:१० बुटवल रिफर।
२५.दाङ घोराही उ.म.न.पा.११ बस्ने बर्ष ३५ कि सिता बस्नेत ढाड र खुट्टामा चोट अवस्था मध्यम।
२६.सल्यान बागचौर न.पा.१० बस्ने बर्ष ३७ कि निशा के.सी.हातमा चोट सामान्य।
२७. ऐ.बस्ने बर्ष २२ को सन्तोष शर्मा हात खुट्टामा चोट सामान्य।
२८.दाङ बबई गा.पा.६ बस्ने बर्ष ३३ को रमेश सुनार सामान्य।
२९.दाङ तुल्सीपुर उ.म.न.पा.११ बस्ने बर्ष ३७ को लेखराज पाण्डे सामान्य।
Comment