प्राधिकरणले अगाडि बढायो ९६० मेगावाट बराबरको सौर्य ऊर्जा परियोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९६० मेगावाट क्षमतासमेत सौर्य परियोजनाको प्रक्रिया अघि बढाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार आठ कम्पनीसँग १७० मेगावाट क्षमताको सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको छ। साथै, ४९६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता प्रक्रिया अन्तर्गत विद्युत् खरिदका लागि तयारी भइरहेको छ।

प्राधिकरणले १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्न लागेको छ। सो आयोजनाको मुख्य सुरुङमा देखिएको पानी चुहिने समस्या समाधान भइसकेको छ। त्यस्तै, गत वर्षको बाढीपहिरोले प्रभावित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई मर्मत गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ।

प्राधिकरणमा रहेका दायित्व व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋण लिन सहमति प्राप्त भएको छ। साथै, उत्पादन, प्रसारण र वितरण प्रणाली विस्तार तथा स्तरोन्नतिको लागि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न समेत स्वीकृति प्राप्त भएको छ।

कार्यकारी निर्देशक शाक्यले प्राधिकरणमा नियुक्त भएको १०० दिनमा डिजिटल एनइए निर्माण कार्य प्रभावकारी रूपमा अघि बढाइरहेको जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।