रसुवा। रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा गएको भीषण बाढीले नेपाल-चीन जोड्ने महत्वपूर्ण मितेरी पुल बगाएको छ। यस बाढीका कारण रसुवा भन्सार कार्यालयको सेडघरमा रहेको मालवाहक कन्टेनर र इलेक्ट्रिक गाडीहरू समेत बगाएर लगिएको पुष्टि भएको छ।
प्राकृतिक विपत्तिले मानविय क्षति पनि भएको आशंका गरिएको छ भने कति ठूलो क्षति भयो भन्ने तथ्यांक अहिलेसम्म प्राप्त भएको छैन। साथै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदीमा डुबानमा परेको जनाइएको छ।
यस बाढीले क्षेत्रीय यातायात अवरुद्ध हुँदा आर्थिक र सामाजिक रूपमा ठूलो प्रभाव पर्ने देखिएको छ। प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायहरूले उद्धार र व्यवस्थापनका लागि सक्रियता देखाइरहेका छन्। थप विवरण आउन बाँकी रहेको छ।
Comment