त्रिशूली नदीमा फसेका महिला र पुरुषको उद्धार कार्यमा कठिनाई, हेलिकप्टर परिचालनपछि समेत तयारी कमजोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिदुर। बिदुर नगरपालिका–१ स्थित त्रिशूली बसपार्क नजिकै त्रिशूली नदीको बीच भागमा फसेका एक महिला र एक पुरुषलाई उद्धार गर्न स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले हेलिकप्टरमार्फत उद्धार अभियान जारी राखेका छन्।

बाढीको बहाव तीव्र र पानीको सतह लगातार बढिरहेका कारण साधारण उद्धार प्रयासमा समस्या आएपछि उच्चस्तरीय उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको हो। प्रारम्भिक रिपोर्ट अनुसार ती दुवै जना बिहान करिब ५ बजे दाउरा खोज्न जाने क्रममा फसेको अनुमान गरिएको छ।

उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली सक्रिय छन्। जिल्ला स्थित नेपाली सेनाको तालिम केन्द्र मैथली ब्यारेकमा हेलिकप्टर अवतरण भए पनि उद्धार कार्यका लागि आवश्यक पूर्व तयारीमा केही कमीका कारण उद्धार कार्य अझै सुस्ताइरहेको छ।

घटनास्थल नजिक स्थानीय बासिन्दाहरूको भीड पनि ठूलो रहेको छ। बिदुर नगरपालिकाले सबै नागरिकलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नजान कडा अनुरोध गरेको छ। उद्धार कार्य जारी छ भने थप विवरण आउन बाँकी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।