बिदुर। बिदुर नगरपालिका–१ स्थित त्रिशूली बसपार्क नजिकै त्रिशूली नदीको बीच भागमा फसेका एक महिला र एक पुरुषलाई उद्धार गर्न स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले हेलिकप्टरबाट उद्धार अभियान जारी राखेका छन्।
बाढीको बहाव तीव्र र पानीको सतह लगातार बढ्दै गएपछि साधारण उद्धार प्रयास गर्न कठिन भएकोले उच्चस्तरीय उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको हो। प्रारम्भिक रिपोर्ट अनुसार ती दुवै जना त्रिशूली नदी तर्ने क्रममा बीच भागमा फसेका थिए।
उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको संयुक्त टोली सक्रिय रूपमा परिचालित छ। घटनास्थल नजिकै स्थानीय बासिन्दाहरूको भीड लागेको छ भने बिदुर नगरपालिकाले सबै नागरिकलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्र नजिक नजान कडा अनुरोध गरेको छ।
अहिले उद्धार कार्य जारी छ र थप विवरण आउन बाँकी छ।
Comment