बिदुर । बिदुर नगरपालिका–१ स्थित त्रिशूली बसपार्क नजिकै त्रिशूली नदीको बीच भागमा एक महिला र एक पुरुष फसेको अवस्थामा भेटिएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा उद्दार गर्न स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू प्रयासरत छन्।
बाढीको बहाव तीव्र हुँदै गएको र पानीको सतह क्रमशः बढिरहेकोले परिस्थिती जटिल बन्दै गएको छ। प्रारम्भिक जानकारी अनुसार ती दुवै जनाले त्रिशूली नदी तर्ने प्रयास गर्दा बीचमै अड्किएका हुन्। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा रेस्क्यु टोलीमार्फत उद्दारको प्रयास जारी छ।
उद्दार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। यतिबेला नदी किनारमा स्थानीय बासिन्दाको भीड लागेको छ।
थप विवरण आउन बाँकी छ।
Comment