पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि पूर्वाधार विकास र आत्मनिर्भरताको मार्ग अङ्गाल्न आवश्यक रहेको बताएका छन्।

सोमबार आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पर्यटनको अपार सम्भावना रहेकाले त्यसलाई विस्तार गर्न रणनीतिक योजना र लगानी आवश्यक रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, “पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरू नेपालमा छन्, त्यसमा हामीले ध्यान दिनुपर्छ। साइकल चढेर कोही आउँदैन, जहाज चाहिन्छ। राम्रा विमानस्थल, राम्रा विमान र पर्यटनमैत्री वातावरण बिना पर्यटन विकास असम्भव छ।”

उनले पर्यटन प्रवर्द्धनसँगै मुलुकको समग्र विकासका लागि नेपाली जनशक्तिलाई स्वदेशमै उपयोग गर्ने रणनीतिमा जोड दिए। “कामकै लागि तीन लाख नेपाली विदेश छन्। काम गर्ने जाति भनेर दुनियाँले नेपालीको पौरखलाई चिनिरहेको छ,” उनले भने।

प्रधानमन्त्री ओलीले आत्मनिर्भर विकासको आवश्यकता औँल्याउँदै चीनको उदाहरण प्रस्तुत गरे। “चीनजस्तो ठूलो देश जसलाई कसैले एक छाक खान पनि सहायता गर्न सक्दैन, त्यो देश आत्मनिर्भर भएर अघि बढ्यो। नेपालले पनि आफ्नो स्रोत, साधन र नीति उपयोग गर्दै अघि बढ्नुपर्छ,” उनले भने।

उनले बाह्य सहयोगमा मात्र भर नपरी, नीति, प्रतिबद्धता र योजनाबद्ध मेहनतमार्फत मुलुकको पर्यटनसहित समग्र विकास सम्भव रहेको धारणा राखे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।