काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
जेठ १३ गतेदेखि निरन्तर अवरोध गर्दै आएको रास्वपाले आजको बैठकमा पनि आफ्ना सांसदलाई रोस्ट्रमअघि उभ्याएर विरोध जनाएको हो। पार्टीको मागअनुसार, गृहमन्त्रीमाथि निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको अडान छ।
सरकारले उक्त प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति गठन गरिसकेको छ। तर, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुवैले समितिको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
रास्वपा अवरोधमा उत्रिएको बेला राप्रपाले भने बैठकको बहिष्कारलाई निरन्तरता दिएको छ। राप्रपाले समिति गठन प्रक्रिया र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै आएको छ।
संसदको सामान्य कामकाज प्रभावित भइरहँदा प्रमुख दलहरूबीच सहमति जुट्न सकेको छैन।

Comment