सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुशासनलाई ध्यान दिन नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन आवश्यक परेको बताएका छन्।

नियमन र सञ्चालन एउटैले नसक्ने उनले बताएका हुन।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयकबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै उनले भने- ‘हाम्रोमा स्वः नियमन राम्रो छैन। त्यसकारण अर्को संस्था चाहिएको हो। अब हवाई सेवा सञ्चालन गर्ने संस्थाले सञ्चालनको काम राम्रो गर्ने र उड्डयनको नियमन गर्नेले पनि आफ्नो काम राम्रो गर्न टुक्राउन आवश्यक भएको हो।’

पाण्डेले प्राधिकरणकै कर्मचारीले विरोध गरेको भए पनि आफूले कन्भिस गरेर विधेयक ल्याएको बताए। उनले नियामक निकायको आर्थिक स्रोतका लागि हवाई सेवाबाट उठ्ने निश्चित प्रतिशत नियामकमा जाने व्यवस्था गरे अरूको भर नपर्ने समेत बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।