दिलभूषण पाठकलाई धरौटीमा छाड्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर क्राइमको मुद्दामा न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई २५ हजार धरौटीमा हिरा गर्न आदेश दिएको हो।

पाठक आज बिहीबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए। आजै बकपत्र गराएर थुनछेक बहस भएको थियो। साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।

‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।