थापा र बस्नेतबीच आरोप–प्रत्यारोप: थापा भन्छन्, ‘फोहोर चलाएर म पनि फोहोरी बन्दिनँ !’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको आरोपलाई ‘गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित’ भएको भन्दै फोहोरको संज्ञा दिएका छन्।

टेरामाक्स प्रकरणमा मुछिएर धरौटीमा छुटेका बस्नेतले बैठकमा थापालाई लक्षित गरी आरोप लगाएपछि थापाले त्यसको कडा जवाफ फर्काएका हुन् ।

थापाले कुनै पनि आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भने, “बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु—फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।” उनको यो भनाइले बस्नेतको आरोपलाई महत्त्वहीन ठहर्‍याउन खोजेको देखिन्छ ।

“नैतिक पतन” र धम्कीपूर्ण व्यवहारको आलोचना

थापाले बस्नेतको आरोपलाई “राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने” भन्दै आलोचना गरेका छन् । उनले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको कडा शब्दमा निन्दा गरे ।

“म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ,” थापाले भने, “तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो ।” यसले कांग्रेसभित्र आन्तरिक मतभेद र तल्लोस्तरको आरोप–प्रत्यारोप बढ्दै गएको संकेत गर्छ। राजनीतिक दलभित्रै यस प्रकारको अराजनीतिक व्यवहार देखिनुले पार्टीको आन्तरिक लोकतन्त्र र मर्यादामाथि प्रश्नचिन्ह खडा गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।