कांग्रेसकै सांसदले रामहरिलाई सोधे- टाठोबाठो सभापति तपाईं, थाहा पाइनँ भन्न मिल्छ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई कसको दबाबमा निजामती सेवा विधेयकमाथि चलखेल भएको हो भन्दै प्रश्न गरेका छन्।

बुधबारको समिति बैठकमा थानीले समितिका सचिव दुराको नाम नै लिएर नपढी सही गरिएको हो? भन्दै प्रश्न गरेका हुन्। ‘तपाईंले नपढेर सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन। तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो?’ उनले भने,’तपाईं सचिव हो, नयाँ मान्छे होइन। सभापति टाठोबाठोमध्येको सभापति हो। कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ?’

‘सभापतिले इमानदार साथ भन्नुस्, कोर टिम को हो? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो?,’ उनले थप सोधे, ‘कम्तीमा संसदीय समिति गठन हुनुपर्छ। सभापतिले मनपरी गर्नुभयो। हाम्रो चित्त दुखाउनुभयो।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।