काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेत ज्ञानेन्द्र शाहीले जीवी राईलाई पक्राउ गर्न नसक्ने सरकारले देश चलाउने गफ गर्नुको कुनै औचित्य नभएको बताएका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत् सरकारलाई कडा चुनौती दिंदै तीन गृहमन्त्री फेरेर पनि गरिबको पसिनाबाट जम्मा भएको पैसा लुट्ने जीवी राईलाई समात्न नसकेकोप्रति व्यङ्ग गरेका छन्।
उनले लेखेका छन्, “तीन वटा गृहमन्त्री फेरिँदा पनि सडकमा पसिना चुहाउँदै मकै पोलेर, साग बेचेर जम्मा गरिएको गरिबको पैसा खाने जीवी राई पक्राउ गर्न सकेनन्। अझै पनि ठूलाठूला गफ छ – देश चलाउँछौँ रे? जनताले पत्याउनु पर्ने रे? तिमीहरूले देश पछि चलाउला, पहिले जीवी राई पक्रेर देखाऊ।”
शाहीको अभिव्यक्तिले सरकारको कानुनी कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ। जीवी राईप्रति भइरहेको जनगुनासो र आक्रोशबीच शाहीको धारणा थप बहसको विषय बनेको छ।
Comment