नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ।

सानेपा, बिपीनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्ने छ। सो बैठक दिउँसो १ बजेबाट सुरु हुने छ।

हिजाेदेखि सुरु भएकाे केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरु भएकाे छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा मुख्य रूपमा गठबन्धनको सरकारका साथै भ्रातृ संस्थाका विषयमा केन्द्रीय सदस्यहरूसँग राय लिइने छ। साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन्।

उनका अनुसार क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा यो केन्द्रीय समितिले निर्णय लिने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।