काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ तिपेनीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।
बागमती प्रदेश–३–०१–००५ ख ९९७६ नम्बरको यात्रुवाहक बसका दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। दिउँसो करिब १ बजे मेलम्ची बजारपारि बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस मेलम्ची नदी किनारमा पल्टिएको थियो । घाइतेमध्ये दुईजनाको अवस्था ‘मध्यम’ छ । ६ जना ‘सामान्य’ घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
Comment