काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते निर्मल निवासमा मनाइने भएको छ। शुक्रबार बिहान संवाद सचिव फणिराज पाठकले विज्ञप्ति जारी गरी पूर्वराजा शाहले २३ असारमा आफ्नो ७९औँ जन्मदिन निर्मल निवासमा मनाउने जानकारी दिएका हुन् ।
उनका अनुसार पूर्वराजा शाहले निर्मल निवासमा जन्मदिन मनाउने कार्यक्रम राखेको र उक्त दिन उपस्थित हुन शुभेच्छुकहरूलाई अनुरोध गरिएको छ ।
निर्मल निवास उक्त दिन शुभेच्छुक र आमनागरिकका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७९औँ शुभजन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जनचाहना अनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको छ । सबै शुभेच्छुक जनसमुदाय, संघसंस्था तथा आमनागरिकहरूका निम्ति उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहनेछ,’ पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Comment