सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए । उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो । तर डाक्टरहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।