काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सार्वजनिक स्थानमा भेला, जुलुस, प्रदर्शन लगायतका विरोध कार्यक्रम गर्न यसअघि जारी गरेको निषेध आदेश हटाएको छ।
कार्यालयले एक सूचना जारी गर्दै २०७९ साल जेठ १८ गते जारी गरिएको आदेश हाललाई कायम नरहेको जानकारी दिएको हो। राजावादीहरूको आन्दोलन चर्किएपछि प्रशासनले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा–जुलुस गर्न निषेध गरेको थियो ।
नयाँ सूचना अनुसार, अब त्यस्ता कार्यक्रम जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा गर्न सकिनेछ। यसको अर्थ निषेधाज्ञा पूर्ण रूपमा नहटे पनि प्रशासनसँग समन्वय गरेर सार्वजनिक स्थानमा विरोधका कार्यक्रम गर्न बाटो खुलेको छ।
Comment