काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणविरुद्ध अभियान सञ्चालन गरेर तेस्रो वार्षिकोत्सव मनाउने भएको छ ।
यस अभियानको पूर्वसन्ध्यामा ७ असार बिहान ७ बजे केन्द्रीय समिति बैठक बोलाइएको छ। उक्त बैठकमा सचिवालयले पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको ‘झुट्टा र प्रतिशोधपूर्ण’ मुद्दाको वर्तमान अवस्था तथा भिजिट भिसा प्रकरणमा पार्टीको संसदीय भूमिका र रणनीतिबारे विस्तृत छलफल गर्ने निर्णयसमेत गरेको छ।
भिजिट भिसा काण्डमा संसदमा अझ सशक्त उपस्थिति जनाउन संसदीय दललाई निर्देशन दिने निर्णय समेत बैठकमा गरिएको छ।
रास्वपाले यसअघि पार्टी स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको भए पनि यसपटक भने वार्षिकोत्सवलाई अभियानको रुपमा देशव्यापी रूपमा मनाउने तयारी गरेको छ।
पार्टीका अनुसार अभियानमार्फत रास्वपाले भ्रष्टाचारविरुद्ध जनमत निर्माण गर्दै सुसंस्कृत राजनीतिको अभ्यासलाई संस्थागत गर्न लक्ष्य लिएको छ।
Comment