काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार पनि परिसूचक ओरालो लागेको छ। लगातार गिरावट कायम रहँदै बुधबार नेप्से सूचक १.०७ अंकले घटेर २,६५३.६८ अंकमा झरेको हो। अघिल्लो दिन मंगलबार पनि नेप्से ३.९० अंकले घटेर २,६५४.७५ अंकमा पुगेको थियो। यस दिन ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच भएको छ। ७८ हजार १३ पटकको कारोबारबाट कुल ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार पियोर इनर्जी र जोशी हाइड्रोपावरका सेयर मूल्य १० प्रतिशतले बढेका छन्। यस्तै युनियन हाइड्रोपावरको सेयर ९.२२ प्रतिशत, सिंगती हाइड्रो इनर्जीको ८.०९ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ८.०५ प्रतिशतले वृद्धि भएको छ। उता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ। सीतकोशी डेभलपमेन्ट बैंक ७.३९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंक ३.८६ प्रतिशत, सामुदायिक लघुवित्त ३.१० प्रतिशत र सिन्धु विकास बैंक ३ प्रतिशतले घटेका छन्।
समूहगत रूपमा हेर्दा जलविद्युत समूह २७.०४ अंकले उकालो लागेको छ भने उत्पादन तथा प्रशोधन समूह २६.६६ अंक, जीवन बीमा समूह १८.५६ अंक र अन्य समूह ४.५६ अंकले बढेका छन्। बाँकी समूहहरू भने ओरालो लागेका छन्। कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर ७१ करोड ७८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबारसहित शीर्ष स्थानमा छ। इकाई संख्याको आधारमा ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड २८ लाख ४५ हजार ८०२ इकाई कारोबारसहित अग्रस्थानमा रहँदा, कारोबार संख्याको आधारमा सिंगती हाइड्रो इनर्जी ५ हजार २८८ पटकको कारोबारसहित शीर्ष स्थानमा रहेको छ।
बुधबारको कारोबारपछि नेप्सेमा कुल बजार पूँजीकरण ४४ खर्ब २१ अर्ब १६ करोड ८९ लाख रुपैयाँ पुगेको छ।
Comment