एमालेको जनसंगठन संयन्त्रको बैठक आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेको जनसंगठन संयन्त्रको बैठक बुधबार बस्दैछ। केही बेरपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्नेछन्।

हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहनेछन्। महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिने जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिए।

यस्तै पार्टी उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनबिचको समन्वयमा देखिएका अफठ्याराहरुलाई सहजीकरण गरेर संगठनको भूमिकालाई कसरी प्रभावकारी रूपमा स्थापित गर्ने भन्ने विषयमा स्पष्ट पार्नेछन्। बैठकमा हरेक जनसङ्गठनका अध्यक्षले महाधिवेशनपछि हालसम्मको अवस्थाका बारेमा रिपोर्टिङ गर्ने कार्यसूची छ।

एमालेका २३ जनसङ्गठनमध्ये समयावधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशन शुरु हुने चरणमा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।