कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ।

बिहान ८ः३० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेस पुराना नेता एवं पूर्वसांसद ढुंण्डीराज शास्त्रीप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न र सम्मान साथ अन्तिम बिदाइ गर्नका लागि आकस्मिक बैठक बोलाइएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।

शास्त्रीको ९३ वर्षको उमेरमा सोमबार निधन भएको थियो। कांग्रेस नियमित केन्द्रीय कार्यसमितिको बैठक असार १५ गतेका लागि बोलाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।