आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभर मनसुनी वायुको सक्रियता बढेसँगै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, देशका पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका उच्चपहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पहिरो, बाढी र डुवान जस्ता सम्भावित जोखिमबाट सतर्क रहन नागरिकलाई अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।