एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा २ सय ४२ जना सवार एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

एयर इन्डियाले आफ्नो विमान नम्बर एआई १७१ मा २४२ जना यात्रु सवार रहेको जनाएको छ। तीमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको उल्लेख गरेको छ। एक जना जीवित यात्रुको मात्र अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा २४१ यात्रु र चालक दलका सदस्य रहेका छन्। यसमा अन्य मृत्युको संख्या समावेश गरिएको छैन। विमानमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार थिए। विमान दुर्घटनामा बाँचेका मध्ये एक जना भारतीय मूलका बेलायती नागरिक हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।