काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार मध्यराति सम्पन्न मतगणनामा कडरियाले प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतान्तरले पराजित गरेका हुन्।
कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत प्राप्त गरेका थिए। १५५१ मतदाता रहेकोमा १४५० मत खसेको थियो।
महासचिवमा दीपक धामी निर्वाचित भएका छन् भने उपाध्यक्षमा विकास श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन्।
यस पटकको निर्वाचनमा अनेरास्ववियुले नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोकेको थियो।
Comment