जाजरकोट केन्द्रबिन्दु भएर तीन मिनेटमा दुईवटा भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार बेलुका जाजरकोट केन्द्रबिन्दु भएर तीन मिनेटको अवधिमा दुईपटक भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बेलुका ८:०७ बजे जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।

त्यसको तीन मिनेटमा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ५.५ म्याग्नेच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

अघिल्लो वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पले जनधनको क्षति भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।