उपत्यकामा बिजुली तार भूमिगत गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विद्युत प्राधिकरणले सोमबारदेखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको थालनी गर्दैछ।

बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

यो आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे महाराजगञ्जस्थित प्रहरी तालिमकेन्द्र अगाडिबाट यो कामको शुभाराम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यलयल स्रोतले जनाएको छ ।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ।

बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुन सक्ने, मानविय क्षतिका साथै सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । विकसित मुलुकमा विद्युत वितरण प्रणाली भूमिगत रहेको छ ।

पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको योजना छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।