माओवादी केन्द्र बलियो भएमा देशमा सुशासन र विकासले गति लिन्छ : अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र बलियो भएमा देशमा सुशासन र विकासले गति लिने बताएका छन्। 

कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचारविरुद्ध खबरदारी सभामा उनले यस्तो बताउँदै देशैभर एकबद्ध हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए।

दाहालले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने पनि उल्लेख गरे। यस्तै उनले अठार महिनाको अवधिमा सरकारमा रहँदा पनि भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान थालनी गरिएको जिकिर गरे।

‘मेरो नेतृत्वको सरकारकै पालमा मिटरब्याजीविरुद्ध अभियान सञ्चालन गरेका थियौँ। भारत सरकारसँग ऊर्जासम्बन्धी समझदारी, चीनसँगको पारवहन सम्झौतासँगै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडने काम पनि भयो,’ अध्यक्ष दाहालले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।