तोलामा १७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।

बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।