सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्य घटेको छ। पछिल्लो समय अस्थिर रहेको सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेको हो। बिहीबार बजार खुलेसँगै

छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँ पुगेको थियो।  

चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।