ललितपुर । सरकारले निशुल्क वितरण गर्ने ओैषधि समयमै पुग्न नसकेको र ओैषधि खरिदमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा आइतबार र सोमबार यहाँ आयोजित आ।व। २०८०र०८१ मा ललितपुर जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठीमा जिल्ला स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख तथा अस्पतालहरुबाट सहभागीहरुले बार्षिक प्रतिवेदन प्रस्तुतिकरण गर्दै तीन तहको सरकारबीच स्वास्थ ओैषधि खरिद तथा स्वास्थ्य उपकरण व्यवस्थापनमा समन्वय नहुँदा समस्या आइपरेको बताएका हुन् ।
ललितपुर महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले संघ र प्रदेशले खरिद गर्ने ओैषधि समयमा नै स्वास्थ्यसंस्थामा नआउँदा समस्या सृजना भएको बताए । उनले यस बिषयमा संघ र प्रदेशले विशेष ध्यान दिनुपर्यो भन्दै वहुक्षेत्रीय पोषण योजनाको तेस्रो चरणको योजना कार्यान्वयनमा ध्यान दिनु आवश्यक रहेको बताए । उनल स्थानीय तहमा स्वास्थ्यका लागि बजेट कम हुने हुँदा जेष्ठनागरिक, महिला बालबालिकाको स्वास्थ्यमा प्रदेश र संघले लगानी बढाउन ध्यान दिनुपर्यो भन्नेमा ध्यानाकर्षण गराए । वैकल्पिक चिकित्साका कार्यक्रम र बजेट व्यवस्थापन गरिनुपर्ने र गैर सरकारी संस्थाले गर्ने स्वास्थ्य सम्बन्धि कामहरु जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय हुनुपर्यो भन्नेमा ध्यानाकर्षण गराए । त्यस्तै प्रदेशले नियुक्त गरिने स्वास्थ्यकर्मीहरुको तलव भार स्थानीय तहलाई पारिनु हुँदैन भन्दै यसले बजेट व्यवस्थापनमा असहज बनाएको बताए ।
गोदावरी नगरपालिका वडा नं। ११ स्थित प्रदेशस्तरीय बज्रबाराही अस्पतालका प्रमुख अंकुर पौडेलले अस्पतालमा डाक्टर सहित ७७ जना जनशक्ति रहेको बताउँदै सेवालाई प्रभावकारी बनाउन ध्यान दिइने बताए । उनल पर्याप्त जनशक्ति हुँदाहुँदै पनि सेवा प्रवाहमा प्रभावकारी हुन नसकेको गुनासोलाई स्वीकार गर्दै केही दिन अगाडि मात्रै प्रदेश स्वास्थमन्त्रीबाट अनुगमन भई दिएको निर्देशन अनुसार स्वास्थ्य सेवा र प्रशासनिक सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो गरे ।
सुमेरु सिटी अस्पतालका दिनेश आचार्यले आगामी पाँच बर्षमा नर्सिङ जनशक्तिको समस्या देखिने र यसले भयावह अवस्था सृजना हुन सक्ने भन्दै यसका लागि गम्भीर भएर सोच्नुपर्ने बताए ।
प्रस्तुतिकरण पश्चात् सुधारका लागि सुझाव दिनुहुँदै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीले स्वास्थ्यका बिषयमा सम्पादित कामको प्रतिवेदन समयमा नै पेश गर्न आग्रह गरे । उनले आगामी दिनमा अझै प्रभावकारी स्वास्थ्य सेवा पुर्याउन आग्रह गरे । स्थानीय तह स्वास्थ्य सुदृढीकरणका लागि ७५ करोड पठाएका छौं । निजी संस्थाको प्रतिवेदन पेश गर्ने सम्बन्धमा समस्या छ, यसलाई समाधानमा ध्यान दिनुहोला। उनले भने ।
बागमती प्रदेशको अस्पताल विकास महाशाखा प्रमुख डाक्टर खगेश्वर गेलालले सेवा प्रवाहमा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ भन्दै प्रदेश स्वास्थ्य सेवा ऐन समितिबाट पारित भएर प्रदेशसभामा पेश हुने क्रममा रहेको जानकारी गराए । उनले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्रदेश सरकारले बजेट छुट्याएको जानकारी गराए । सामजिक सोच र व्यवहारका मानसिक समस्या भएकाहरु पनि ओैषधि खानलाई डराउने हुँदा समस्या देखा परेको छ, मानसिक समस्याको बारेमा छलफल गर्नु आवश्यक छ । उनीहरुलाई आत्मसम्मानमा कुनै समस्या नआउने वातावरण बनाउनुपर्छ । डाक्टर गेलाले भने ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भुवन पौडेलले जिल्लाभित्रका स्वास्थ्य कार्यालयहरुमा भौतिक पूर्वाधारहरुको पर्याप्तता रहेको बताए । उनले गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा जनशक्ति नपुग रहेको, बहुनिकाय सहकार्यको समस्या रहेको, खरिद र आपूर्तिमा समन्वय नभएको बताए ।
Comment