गीतकार एवम सर्जक रोशन वलिद्धारा लिखित ‘रानी सल्लो’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार एवम सर्जक रोशन वलिले लेखेको ‘रानी सल्लो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

वलिले लेखेको यो गीतमा अर्जुन सापकोटा र लुमा केसीको  स्वर रहेको छ। गीतमा संगीत मन्जित पहाडिको रहेको छ।

पछिल्लो समय दर्शकले अत्याधिक रुचाएको यस गीतमा माया पिरतीका कुराहरु व्यक्त गरिएको छ। 

यस्तै गीतको भिडियो निशान बाँनियाको निर्देशनमा तयार भएको हो भने भिडियोमा अर्जुन सापकोटको साथमा सरगम कुवर फिचर भएकी छन्।

भिडियोमा दिपक गिरी को छायांकन र सुजन कोइरालाको सम्पादन रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।