काठमाडौं । कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। गएराती गएको पिहरोले जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comment