सुनचाँदीकै मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो। आज मूल्य बढेर एक लाख ४५ हजार सात सय पुगेको छ।

शुक्रबार एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज बढेर एक लाख ४५ हजार पुगेको छ।

यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ। 

शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ४० निर्धारण भएको महासंघले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।