प्रतिनिधि सभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएका थिए। 

रविले बोलिसक्ने बित्तिकै प्रतिपक्षका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले अन्य सबै पूर्वनिर्धारित कार्यक्रम कार्यसूचीबाट हटाइएको बताए। कार्यसूचीका सबै कार्यक्रम हटाएर बैठक स्थगत भएको घोषणा उनले गरेका हुन्।  

यसअघि लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आइतबार शान्त थियो।  

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।