काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटस्थित निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् ।
केहीबेर अघि पार्टीको सचिवालय बैठक सकेर ओली बालुवाटारतर्फ प्रस्थान गरेका हुन् ।
माओवादी केन्द्र र कांग्रेसबीचको समीकरण भत्किई नयाँ समीकरणसहित सरकार बन्ने निश्चित भएसँगै छलफलका लागि ओली प्रधानमन्त्रीनिवास गएको स्रोतले जनाएको छ।
निवास बालकोटबाट निस्किँदै गर्दा ओलीले सरकार परिवर्तनको कुरा प्रधानमन्त्रीले जान्ने विषय भएको भएको बताए। ‘प्रधानमन्त्रीले चिया खान बोलाउनु’भा होला’, पत्रकारको जिज्ञासामा उनले भने।
एमाले, माओवादीलगायत दलहरुले नयाँ समीकरणमा सरकार बनाउने समझदारी भइसकेको छ।
Comment