एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन्- आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एमालेका सुरेन्द्र पाण्डेले आजै (सोमबार) सरकार परिवर्तन हुने बताएका छन्। उनले नयाँ मन्त्रिपरिषद् बन्न लागेको फेसबुक स्टाटस लेखेका हुन्।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै। सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ’, पाण्डेले लेखेका छन्।

सोमबार बिहान मात्रै एमालेको सचिवालय बैठक बसेको थियो। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन टुटाउन तयार भएको अवस्थामा आफूहरू उनीसँग सहकार्यको लागि तयार भएको निष्कर्ष निकालेको थियो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ गठबन्धन बन्न लागेकोतर्फ संकेत गर्दै नयाँ घटनाक्रम विकास हुन सक्ने अवस्था देखिएको बताएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।